Logo

सेयर कारोबार रकमले बनायो नयाँ रेकर्ड, नेप्से परिसुचकमा ९४ अंकको वृद्धि

सेयर कारोबार रकमले बनायो नयाँ रेकर्ड, नेप्से परिसुचकमा ९४ अंकको वृद्धि



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले बढ्दै कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज ९४.५३ अंकले बढ्दै २८ सय ६०.९१ को विन्दुमा पुगेर रोकिएको छ ।

यससँगै आज कारोबार रकममा भने २५ अर्बमाथिको नयाँ रेकर्ड कायम भएको छ । आज कारोबार अवधिभर ३ सय ३० कम्पनीका ६ करोड ३ लाख २१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९ रुपैयाँ पुगेको छ । यो कारोबार हालसम्मकै उच्च कारोबार हो ।

आज कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लाग्दा २ सय २५ कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । यस्तै आज १५ कम्पनीको सेयरमूल्य मात्रै ओरालो लागेको छ । आज सेयरमूल्य उकालो लागेकामध्ये १३ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसदिन हिमालयन रि इन्स्योरेन्स र शिवम सिमेन्टको सबैभन्दा बढी अर्थात १ अर्ब बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्