Logo

सेयर बजारमा साना र नवप्रवेशी लगानीकर्ता फस्ने भन्दै संसदीय समितिबाटै छानविन गर्न दबाब, संसदबाटै दबाब दिईँदै

सेयर बजारमा साना र नवप्रवेशी लगानीकर्ता फस्ने भन्दै संसदीय समितिबाटै छानविन गर्न दबाब, संसदबाटै दबाब दिईँदै



काठमाडौं । पछिल्लो समय बढ्दो बजारमा साना र नवप्रवेसी लगानीकर्ता फस्ने भन्दै केही सांसदहरुले संसदयीय समिति नै बनाएर छानविन गर्नुपर्ने दबाब सिर्जना गरेका छन् । पछिल्लो समय सीमित स्वार्थ समुहले समग्र सेयर बजारभन्दा बढी सीमित कम्पनीको सेयर होल्ड गरेर बजारलाई अनावश्यक रुपमा उचालेको भन्दै सांसदहरुले त्यसलाई नियमन गर्नुपर्ने बताए ।

पछिल्लो समय सेयर बजार सम्बन्धी नियमनकारी निकायहरु विचौलियाहरुको प्रभावमा परेको भन्दै सो विषयमा छानविन गर्नुपर्ने बताएका छन् । केही सयमअघि स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार अनावश्यक रुपमा बढेको भन्दै सो सम्बन्धमा छानविन गर्नुपर्ने बताएका थिए । साथै सो वक्तव्यपछि अर्थ समितिले बढ्दो सेयर बजारमाथि चासो राख्दै सो सम्बन्धमा छलफल बोलाएकाे थियाे। अर्थ समितिले सो बैठकबाट सेयर बजारका विषयमा छानविन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिने तयारी गरेपनि विभिन्न पक्षको विरोधकाबीच उक्त कार्य रोकिएको थियो ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले सोही दिन अहिलेको उतार चढाव ठिक छ कि छैन, सीमित व्यक्तिले इन्साईडर गरेर कमाउने र कयौं सोझा लगानीकर्ता फस्ने सम्भावना भएको भन्दै अर्थ समितिले चासो दिएको बताएका थिए । साथै कतिपय अवस्थामा अनावश्यक रुपमा मूल्य उचालेर सोझा लगानीकर्तालाई जालमा हाल्ने काम समेत भएको र त्यसको वास्तविकता के हो सो विषयमा समेत छलफलमा ल्याईने बताएका थिए । तर सो दिन उक्त विषयमा प्रवेश गर्न नपाई अर्थ समितिको बैठक रोकिएको अर्को दिनका लागि बोलाईने भनिभएको थियो ।

तर, पछिल्लो समय पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, डा. प्रकाशशरण महतले अहिलेको सेयर बजार अनावश्यक रुपमा बढेको भन्दै टिकाटिप्पणी गर्दै आएका छन् । यसैगरी सांसद सिंहले पनि पछिल्लो समय संसदमा आफुले बोल्ने क्रममा अहिलेको सेयर बजार अनावश्यक रुपमा बढेको र सोझासाझा लगानीकर्ता र नवप्रवेशी लगानीकर्ता नफुन भन्नका लागि संसदबाटै आवाज उठाउने सो सम्बन्धमा छानविन समिति बढाउनुपर्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL