Logo

साताभर सुनको भाउँमा उत्तरचढाप, शुक्रबार प्रतितोला सुन ५१ हजार ६ सय, चाँदी ६ सय ९५

साताभर सुनको भाउँमा उत्तरचढाप, शुक्रबार प्रतितोला सुन ५१ हजार ६ सय, चाँदी ६ सय ९५


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ पुस, काठमाडौं । यो हप्ता सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । साताको पहलो दिन आइतबार प्रतितोला ५२ हजार रुपैयाँमा कारोवार भएको सुन अन्तिम दिन शुक्रबार ५१ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

विहीबार प्रतितोला ५१ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज १ सय रुपैयाँले बढेर ५१ हजार ६ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको अन्तिम दिन सुन प्रतितोला १ सय  रुपैयांले बढेको छ ।  बिहिबार बजारमा प्रतितोला ५१ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन शुक्रबारको लागि ५१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसगैगरी, तेजावी सुनमा पनि १ सय वृद्धि भएको छ । तेजावि प्रतितोतला ५१ हजार ३ सय ५० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मुल्यमा पनि  ५ रुपैया वृद्धि भएर प्रतितोला ६ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।

साताको पहिलो दिन प्रतितोला सुन ५२ हजारमा कारोबार भएको थियो । सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार १ सयले घटेर ५१ हजार ९ सयमा कारोबार भएको थियो । बुधबार प्रतितोला २ सयले वृद्धि भएर ५२ हजार १ सयमा कारोबार भएको थियो । तर, विहिबार प्रतितोला ६ सय रुपैयाँले घटेर ५१ हजार ५ सयमा कारोबार भएको थियो ।

बुधबार चाँदीमा ५ रुपैया वृद्धि भएर ७ सय ५ मा कारोबार भएको थिया भने विहिबार प्रतितोला १५ रुपैयाँ घटेर ६ सय ९० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL