Logo

गरिमाको नाफा ६२ प्रतिशतले बढ्यो, प्रथम चौमासमा कमायो साढे ४ करोड

गरिमाको नाफा ६२ प्रतिशतले बढ्यो, प्रथम चौमासमा कमायो साढे ४ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो नाफामा ६२ प्रतिशतभन्दा बढीले बृद्धि गरेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको गरिमाले चालु आर्थिक वर्षको सोही अवधिमा ४ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।
बैंकले आफ्नो व्याजदरमा बृद्धिगरेसँगै नाफामा बृद्धि भएको हो । १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको सो बैंकको जगेडा कोषमा ५० करोड रुपैयाँ रहेको छ । बैंकले हालसम्म १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ ३३ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्