Logo

साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह, नेप्से दोहोरो अंकले बढ्दै २१ अर्ब ८६ करोडको कारोबार

साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह, नेप्से दोहोरो अंकले बढ्दै २१ अर्ब ८६ करोडको कारोबार



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढ्दै उच्च कारोबारसहित बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४०.७६ अंकले बढ्दै २७ सय ९६.३८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २६ कम्पनीका ४ करोड ९७ लाख ७३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २१ अर्ब ८६ करोड ४९ लाख ९३ हजार माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ७ समुहको परिसुचक उकालो लाग्दा बाँकी समुहको परिसुचकमा गिरावट आएको छ । जसका कारण सोमबार १ सय ६३ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ७८ कम्पनीको सेयरमूल्य घटेको छ । आज कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भएको छ ।

सोमबार सेयर कारोबारमा आएकामध्ये हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी १ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्