Logo

सेयर बजारमा सामान्य करेक्सन, कारोबार पौने २२ अर्ब नजिक

सेयर बजारमा सामान्य करेक्सन, कारोबार पौने २२ अर्ब नजिक



काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५ अंकले घटेर बन्द भएको छ । साताभरी नै उच्च अंकले उकालो लागेको नेप्से बिहीबार बिहानैदेखि उत्तारचढावसहित अन्तिम समयमा ५.२९ अंकले घट्दै २७ सय ५५ को विन्दुमा झरेर रोकिएको हो ।

कारोबार अवधिभर आज ३ सय ३२ कम्पनीका ५ करोड १३ लाख २१ हजार कित्ता सेयर २ लाख २९ हजार ८ सय पटक किनबेच हुँदा कारोबार रकम २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । बुधबार सेयरबजारमा २१ अर्ब ९१ करोडको कारोबार भएको थियो ।

आज कारोबारमा आएकामध्ये वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमाबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ । यसरी आज कारोबारमा आएकामध्ये ७४ कम्पनीको मात्रै सेयरमूल्य उकालो लाग्दा १ सय ६४ कम्पनीको सेयरमूल्यमा पहिरो गएको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी ५९ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा शिवम सिमेन्टको ४३ करोड, सिईडीबी हाइड्रोपावरको ४२ करोड र नेपाल फाईनान्स लिमिटेड र निफ्राको समान ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL