Logo

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिष्ट्रारमा एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।

बुधबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांस वितरण लगायत सेयर रजिष्टे«शन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाट हुनेछ ।

यस एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड मिति २०६९/०५/३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानी सम्बन्धी काम/कारोबार गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL