Logo

६४ अंकले बढ्यो नेप्से, कारोबार २२ अर्ब नजिक

६४ अंकले बढ्यो नेप्से, कारोबार २२ अर्ब नजिक



काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा ६४.२५ अंकले बढ्दै २७६०.९० को विन्दुमा उक्लिएर रोकिएको हो ।

कारोबार अवधिभर आज ३ सय ३१ कम्पनीका ५ करोड ९ करोड ६७ लाख बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

आज सबै समुहको परिसुचक उकालो लाग्दा १ सय ९१ कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । जसमध्ये १० कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भएको छ । आज हिमालयन रि यन्स्योरेन्स कम्पनीको मात्रै ८४ करोड बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL