Logo

एक बजेसम्मको सेयर बजार : ७५ अंकको वृद्धि, ११ अर्ब ४० करोडको कारोबार

एक बजेसम्मको सेयर बजार : ७५ अंकको वृद्धि, ११ अर्ब ४० करोडको कारोबार



काठमाडौं । साताको चौथो दिन बुधबार दिउँसो १ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको वृद्धि देखिएको छ । नेप्सेका अनुसार यस अवधिसम्म नेप्से परिसुचक ७५.६० अंकले बढ्दै २७ सय ७२.२५ को विन्दुमा अघि बढिरहेको छ ।

यस अवधिसम्म ३ सय ११ कम्पनीका २ करोड ५९ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ४० करोड २५ लाख माथि पुगेको छ ।

यस अवधिसम्म २ सय १० कम्पनीको सेयरमुल्य उकालो लाग्दा ११ कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्