Logo

उतारचढावबीच सेयर बजार बढेर बन्द, दोहोरो अंकले बढ्दा सवा १७ अर्बको कारोबार

उतारचढावबीच सेयर बजार बढेर बन्द, दोहोरो अंकले बढ्दा सवा १७ अर्बको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । कारोबार समयको सुरुवातिमा तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा भने ३५.५५ अंकले बढ्दै २६९६.६५ को विन्दुमा उक्लेर रोकिएको हो ।

परिसुचकमा उत्तारचढाव हुँदा आज कारोबार अवधिभर ३ सय २९ कम्पनीका ४ करोड ३ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच भएर कारोबार रकम १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार नाघेको छ ।

आज बैंकिङ, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापारबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । कारोबारमा आएकामध्ये आज १ सय ८९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आज ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी सेयर कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको नेप्सेले जानकारी दिएको छ ।

यस दिन नेप्सेमा कारोबारमा आएकोमध्ये हिमालयन रि इन्स्योरेन्स एक्लैको ६० करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आज शिवम सिमेन्टको ३७ करोड ६७ लाख, सोल्टी होटलको ३६ करोड ४३ लाख, नेपाल फाईनान्स लिमिटेडको ३५ करोड र चिलिमे हाइड्रोपावरको २७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्