Logo

१२ बजेसम्म सेयर बजार ओरालो बाटोमा, कारोबार साढे ३ अर्ब नजिक

१२ बजेसम्म सेयर बजार ओरालो बाटोमा, कारोबार साढे ३ अर्ब नजिक



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ मध्यान्ह १२ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो यात्रामा रहेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से यस अवधिसम्म ७.८८ अंकले ओरालो लाग्दै २६ सय ५३ को विन्दुमा पुगेको छ ।

यस अवधिसम्म ३ सय ४ कम्पनीका ८५ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४३ करोड १३ लाख ७५ हजार नाघेको छ । यस अवधिसम्म कारोबारमा आएका कम्पनीमध्ये १ सय ३१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ९ कम्पनीको सेयरमुल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL