Logo

निरन्तर बढेको सेयर बजारमा २० अकंको करेक्सन, कारोबार भने १९ अर्ब ६० करोड पुग्यो

निरन्तर बढेको सेयर बजारमा २० अकंको करेक्सन, कारोबार भने १९ अर्ब ६० करोड पुग्यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिमा तिव्र उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिममा २०.४६ अंकले घटेर २६ सय ६१ को विन्दुमा झरेर रोकिएको हो ।

सोमबार ३ सय २५ कम्पनीका २ करोड ७७ लाख ९० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँ माथि पुगेको छ ।

आज वित्त र जलविद्युतबाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा कारोबारमा आएकामध्ये १ सय ६८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै आज जम्मा ७० कम्पनीको सेयरमूल्य भने उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।

परिसुचक घटेपनि आज कारोबार उच्च हुँदा सबैभन्दा बढी कारोबार भने शिवम सिमेन्टको ६१ करोड १२ लाख बढीको सेयर कारोबार भएको छ । यस्तै आज कुमारी बैंकको ५५ करोड २२ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख, प्रभु बैंकको ३८ करोड र नेपाल फाइनान्स लिमिटेडको ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्