Logo

तिहार नजिकिदै गर्दा ६५ प्रतिशतले बढ्यो सुनको माग, दैनिक १५ सय किलो चाँदी विक्री

तिहार नजिकिदै गर्दा ६५ प्रतिशतले बढ्यो सुनको माग, दैनिक १५ सय किलो चाँदी विक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्पले तहसनहस बनाएको सुनचाँदी बजार विस्तारै तंग्रिन थालेको छ । गत बर्ष भन्दा सुनचाँदीको विक्री पनि बढेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । त्यसमा पनि विवाहको सिजन नजिकिदै गर्दा स्थानीय बजारमा सुनको कारोवारमा पनि बृद्धि भएको हो । अन्य समयको तुलनामा सुन,चाँदीको विक्री करिव ६५ प्रतिशतले बढेको सम्वन्धीत व्यवसायीहरु बताउँछन् ।

तिहारमा सुन तथा चाँदी किन्ने प्रचलन भएकोले पनि विक्री बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार यो समयमा सुन भन्दा पनि चाँदीको विक्री बढी हुन्छ । अन्य समयमा दैनिक ३ सय किलो चाँदी विक्री हुने गरेकोमा अहिले १५ सय केजी पुगेको उनले बताए । ‘तिहारमा चाँदी किनेर राख्ने प्रचलन बढेकोले यसको विक्री बढ्ने गर्छ’ उनले भने ‘त्यसमा पनि धनतेरसको दिन सवैभन्दा बढी चाँदी विक्री हुने गरेको छ ।’

त्यस्तै विवाहको सिजन नजिकिएकोले पनि सुनको विक्री बढेको मेरिगोल्ड ज्वेलर्सकी प्रोप्राइटर ज्योत्सना श्रेष्ठले बताइन् ।
गत बर्षके तुलनामा बढेपनि सुनचाँदी व्यवसाय भुकम्प अघिको अवस्थामा भने पुग्न नसकेको अध्यक्ष शाक्यले बताए । भुकम्प अघि यो समयमा दैनिक ३० देखि ४० किलोसम्म सुन विक्री हुने गरेकोमा हाल २५ किलोसम्म हुने गरेको उनले जानकारी दिए । भुकम्पपछि विस्तारै बजार बढेपनि भुकम्प अघिको अवस्थमा नपुगेको उनले बताए ।

परम्परागत गहनामा आकर्षण

पछिल्लो समय पुरम्परागत गहनामा ग्राहकहरुको आकर्षण बढेको मेरिगोल्डकी प्रोप्राइटर श्रेष्ठले जानकारी दिइन् । ‘अचेल जन्तर, तिलहरी, सिरबन्दीलगायत पुानो डिजाइनको गहनाको माग बढी हुने गरेको छ ।’ यस्ता गहनामा विशेषगरी युवा पुस्ताको आकर्षण बढी हरेको उनले जानकारी दिइन् । युवा पुस्ताहरु परम्परागत गहनालाई नयाँ डिजाइन दिएर लगाउन रुचाउछन् ।

३ सयले ओरालो लाग्यो सुन ,चाँदीमा पनि गिरावट
बुधवार उकालो लागेको सुन बिहीवार पुन ओरालो लागेको छ । बुधवार ५६ हजार ८ सयमा किनबेच भएको सुन आज ५६ हजार ५ सयमा झरेको छ । त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । सो दिन चाँदी प्रतितोला ८ सय १० मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्