Logo

साढे २ अंकले उकालो लाग्यो नेप्से, ८१ करोड ८२ लाखको कारोवार

साढे २ अंकले उकालो लाग्यो नेप्से, ८१ करोड ८२ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से बुधवार उकालो लागेको छ । सो दिन नेप्से २ दशमलव ५४ अंकले बढ्दा १ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेर बन्द भएको हो ।

सो दिन कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा सेयर बजार बढेको हो । सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ५ अंकले बढेको छ । त्यस्तै होटल समुह २, फाइनान्स १ दशमलव १७ र अन्य समुह १ दशमलव १६ अंकले बढेको छ ।

यता विकास बैंक, वैंकिङ र जलविद्युत समुहको परिसुचक भने क्रमशः ६ दशमलव ३९,० दशमलव २ र ० दशमलव ५१ अंकले ओरालो लागेको छ । बुधवार १ सय ३० कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ८१ करोड ८२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्