Logo

नेप्सेमा एकैदिन ११३ अकंको वृद्धि, कारोबार पौने १६ अर्ब बढी

नेप्सेमा एकैदिन ११३ अकंको वृद्धि, कारोबार पौने १६ अर्ब बढी



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिमा २ पटकसम्म सर्किट ब्रेक लागेर बन्द भएको नेप्से १२ बजेपछि सम्हालिँदै अन्तिममा १ सय १३.४२ अंकले बढ्दै २६ सय ८१.५६ को विन्दुमा पुगेर रोकिएको हो ।

नेपाल राष्ट्र बैंकले गएको शुक्रबार चालु आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । जसमा संस्थागत सेयर धितोकर्जाको सीमा हटाएको थियो । त्यसैको प्रभावले आज बजारमा उच्च अंकको कारोबार भएको देखिन्छ । आईतबार कारोबार अवधिभर ३ सय १८ कम्पनीका ४ करोड ३ लाख १४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ नाघेको छ ।

आज कारोबारमा आएकामध्ये लघुवित्तबाहेकका सबै समुहको परिसुचक उकालो लाग्दा १ सय ४८ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । जसमध्ये २० कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL