Logo

एक मिनेटमै १ सय २ अंकले बढ्यो नेप्से, २० मिनेटका लागि कारोबार बन्द

एक मिनेटमै १ सय २ अंकले बढ्यो नेप्से, २० मिनेटका लागि कारोबार बन्द



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज कारोबार सुरु भएको एक मिनेटमै उच्च अंकले बढेर बन्द भएको छ । कारोबार खुलेको एक मिनेटकै अवधिमा नेप्से १ सय २ अंक अर्थात ३.९९ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको हो ।

हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्था अनुसार कारोबार शुरू भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घन्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन हुने व्यवस्था छ ।

नेप्से खुलेको एक मिनेटमै २ सय ३३ कम्पनीका साढे ५ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २७ करोड २० लाख नाघेको छ । यस अवधिमा २ सय ६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्