Logo

लगानीकर्ताले प्रफिट बुक गर्दा २७ अंकले घट्यो सेयर बजार, १६ अर्ब २० करोडको कारोबार

लगानीकर्ताले प्रफिट बुक गर्दा २७ अंकले घट्यो सेयर बजार, १६ अर्ब २० करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार उच्च अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवाती आधा घण्टासम्म उकालो लागेको नेप्से त्यसपछि लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा अन्तिम समयसम्म २७.३२ अंकले घट्दै २५ सय ३६ को विन्दुमा ओर्लेर रोकिएको हो ।

कारोबार अवधिभर बुधबार ३ सय ११ कम्पनीका ४ करोड ७ लाख ४७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १९४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने ४६ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । उकालो लागेका कम्पनीमध्ये ३ कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भएको छ । आज हिमालयन रि इन्सुरेन्सको सबैभन्दा बढी ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्