Logo

२५६३ अंक पुग्यो नेप्से, एकैदिन ७५ अंकको उछाल आउँदा १४ अर्ब ११ करोडको कारोबार

२५६३ अंक पुग्यो नेप्से, एकैदिन ७५ अंकको उछाल आउँदा १४ अर्ब ११ करोडको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ७५.३३ अंकले बढ्दै २५ सय ६३.४३ को विन्दुमा पुगेर रोकिएको हाे । आज दिनभर कुल ३ सय १७ कम्पनीका ३ करोड ९७ लाख ९० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँ नाघेको छ ।

नेप्सेका अनुसार आज दिनभरको कारोबारमा सबै समुहका परिसुचकहरु उकालो लाग्दा २ सय २० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । जसमध्ये ८ कम्पनीको सेयर काराेबार सर्किट लेभलमा भएको हो । यस्तै आज २० कम्पनीको सेयरमुल्यमा भने गिरावट आएको छ ।

मंगलबार कारोबारमा आएकामध्ये शिवम सिमेन्टको सबैभन्दा बढी २४ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा दोस्रो धेरै कारोबार अपी पावर कम्पनीको २४ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आज हिमालयन रिइन्सुरेन्सको २३ करोड, साइन रेसुङ्गाको २१ करोड र ङादी ग्रुपको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्