Logo

सेयर बजारमा २ घण्टामा ७ अर्बको कारोबार, २१४ कम्पनीको सेयरमूल्यमा उछाल

सेयर बजारमा २ घण्टामा ७ अर्बको कारोबार, २१४ कम्पनीको सेयरमूल्यमा उछाल



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार खुलेको पहिलो २ घण्टा अर्थात १ बजेसम्म ७ अर्ब बढीको कारोबार भएको छ । कारोबार समयको सुरुवातीमा उकालो लागेको नेप्सेमा २ सय ९८ कम्पनीका २ करोड ९ लाख १७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ४९ लाख ३४ हजार माथि पुगेको हो ।

यस अवधिसम्म नेप्से परिसुचक ४२.७४ अंकले बढ्दै २५ सय ३० को विन्दुमा छ । यस अवधिसम्म २ सय १४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा त्यसमध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट पनि लागेको छ ।

पहिलो २ घण्टामा कारोबारमा आएका कम्पनीहरुमध्ये सबैभन्दा बढी लक्ष्मी सनराईज बैंक र अपी पावर कम्पनीको समान १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्