Logo

गत बर्ष साढे २९ अर्बका ११ हजार ७ सय थान विद्युतीय कार आयात, १३ अर्ब २८ करोड राजस्व संकलन

गत बर्ष साढे २९ अर्बका ११ हजार ७ सय थान विद्युतीय कार आयात, १३ अर्ब २८ करोड राजस्व संकलन



काठमाडौं । नेपालमा गत आर्थिक बर्षभरी झण्डै साढे २९ अर्ब बराबरका विद्युतीय कार आयात भएका छन् । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको आर्थिक बर्षभरी नेपालमा २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँ बराबरका ११ हजार ७ सय १ थान विद्युतीय कार आयात भएका हुन् ।

विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालमा आयात भएका कारहरुमध्ये सबैभन्दा बढी ५१ किलोवाटदेखि १ सय किलोवाट क्षमतासम्मका कार छन् । यस अवधिमा नेपालमा यो रेन्जभित्रका १९ अर्ब ६७ करोड रुपैयाँ बराबरका ६ हजार ८ सय ८५ कार भित्रिएका हुन् । यस्तै यसै अवधिमा ८ अर्ब ६० करोड रुपैयाँ बराबरका ४ हजार ५ सय ७१ थान ५० किलोवाटसम्म क्षमता भएका विद्युतीय कार आयात भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै १ सय १ देखि २ सय किलोवाटसम्म क्षमता भएका २ सय १७, २ सय १ देखि ३ सय किलोवाटसम्म क्षमता भएका २७ र ३ सय किलोवाट माथि क्षमता भएको एक कार नेपाल भित्रएका छन् ।

यसरी गत आर्थिक बर्षभरी भित्रिएका विद्युतीय कारमार्फत नेपालले १३ अर्ब २८ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL