Logo

उतारचढावबीच सामान्य अंकले बढयो बजार, कारोबार रकम १३ अर्ब ९१ करोड

उतारचढावबीच सामान्य अंकले बढयो बजार, कारोबार रकम १३ अर्ब ९१ करोड



काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातिमा उच्च अंकले उकालो लागेर २५ सयको विन्दु पार गरेको नेप्से पछि ओरालो लाग्दै अन्तिममा २.१५ अंकले बढेर २४ सय ८८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय ९ कम्पनीका ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १४ अर्ब नजिक अर्थात १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार माथि पुगेको छ ।

आज बजारमा कारोबारमा आएकामध्ये ७ समुहको परिसुचक उकालो लाग्दा १ सय १५ कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । यस्तै आज १ सय २१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आज मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर सबैभन्दा बढी ३४ करोड माथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्