Logo

सेयर बजार निरन्तर बढ्दै, साढे ६१ अंकले बढेको बजारमा १५ अर्ब २३ करोडको कारोबार

सेयर बजार निरन्तर बढ्दै, साढे ६१ अंकले बढेको बजारमा १५ अर्ब २३ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ६१.६१ अंकले बढ्दै २४ सय ८५ को विन्दुमा पुगेर रोकिएको हो ।

कारोबार अवधिभर ३ सय १५ कम्पनीका ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लाग्दा १ सय ८१ कम्पनीको सेयरमूल्यमा उछाल आएको छ भने ५६ कम्पनीको सेयरमूल्यमा भने केहि गिरावट आएको छ ।

आज ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सोल्टी होटल लिमिटेडको सेयर सबैभन्दा बढी ३४ करोड रुपैयाँ माथिको भएको छ ।

प्रतिक्रिया दिनुहोस्