Logo

साढे १२ बजेसम्म साढे ६ अर्ब बढीको कारोबार, १ करोड ६३ लाख बढी कित्ता खरिदविक्री

साढे १२ बजेसम्म साढे ६ अर्ब बढीको कारोबार, १ करोड ६३ लाख बढी कित्ता खरिदविक्री



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार सेयर बजारमा साढे १२ बजेसम्म साढे ६ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार खुलेको डेढ घण्टामै ६ अर्ब ३५ करोड ७१ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यो अवधिसम्म विभिन्न २ सय ९९ कम्पनीका १ करोड ६३ लाख १८ हजार ६ सय ३८ कित्ता सेयर किनबेच भएका छन् । पहिलो डेढ घण्टामा नेप्से परिसुचक ५८ अंकले बढ्दै २४ सय ८२ को विन्दुमा अघि बढिरहेको छ । यस अवघिसम्म १ सय ९८ कम्पनीको सेयरमूल्य बढ्दा ४२ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्