Logo

सेयर बजारले उचाई लिँदै, १ घण्टामै ४ अर्बको कारोबार

सेयर बजारले उचाई लिँदै, १ घण्टामै ४ अर्बको कारोबार



काठमाडौं । पछिल्लो समय उच्च अंकका साथ उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि उच्च अंकका साथ उकालो लागिरहेको छ । कारोबार समयको पहिलो घण्टामै ३५.४२ अंकले उकालो लागेको नेप्से परिसुचकले २४ सय अंक पार गरिसकेको छ ।

यस अवधिमा २ सय ८५ कम्पनीका १ करोड २ लाख २४ हजार बढी कित्ता किनबेच हुँदा कारोबार रकम ४ अर्ब नाघेको छ । बिहीबार सेयर बजारमा कारोबार सुरु भएको पहिलो घण्टामै कारोबार रकम ४ अर्ब ७ करोड ७८ लाख पुगेको हो ।

यस अवधिसम्म १ सय ८० कम्पनीको सेयरमूल्य उकालो लागेको छ । जसमध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किटसमेत लागेको छ ।

प्रतिक्रिया दिनुहोस्