Logo

रोकिएन नेप्सेको उकालो यात्रा, ५४ अंकले बढेको बजारमा १२ अर्ब बढीको कारोबार

रोकिएन नेप्सेको उकालो यात्रा, ५४ अंकले बढेको बजारमा १२ अर्ब बढीको कारोबार



काठमाडौं । नयाँ सरकार गठनको हल्लासँगै उकालो लाग्न सुरु गरेको नेप्सेमा बुधबार पनि उकालो लाग्ने क्रम जारी रह्यो । बुधबार कारोबार समयको सुरुवातिमा केहि उत्तारचढाव भएको नेप्से मध्य समयदेखि सम्हालिएर अन्तिममा ५४.०४ अंकले बढ्दै २३ सय ६४ को विन्दुमा उक्लेर रोकिएको छ ।

उच्च अंकले बढेको बजारमा कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लाग्दा आज २ सय ४ कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने बाँकी जम्मा ३२ कम्पनीको सेयरमूल्य मात्रै ओरालो लागेको छ ।

आज कारोबार अवधिभर ३ सय ६ कम्पनीका ३ करोड २० लाख ९५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ नाघेको छ ।

आज सेन्ट्रल फाईनान्स र सिंगटी जलविद्युत कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी आज ४ कम्पनीको २० करोड माथि र २३ कम्पनीको १० करोडमाथिको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्