Logo

धितोपत्र बोकर्श एशोसिएशन र अर्थमन्त्रीबीच भेट, पुँजी बजार र लगानीकर्ताको हितमा लाग्ने मन्त्री पौडेलको प्रतिवद्धता

धितोपत्र बोकर्श एशोसिएशन र अर्थमन्त्रीबीच भेट, पुँजी बजार र लगानीकर्ताको हितमा लाग्ने मन्त्री पौडेलको प्रतिवद्धता



काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा देखिएको समस्या समाधान गर्दै आम लगानीकर्ताको हितमा हुनेगरी काम गर्ने बताएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको व्यवसायीलाईहरुलाई उनले अबका पुँजी बजारलाई अर्थमन्त्रको ऐनको रुपमा विकास गर्नेगरी आफुले काम गर्ने बताएका हुन् ।

अध्यक्ष ढकालको नेतृत्वमा नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिन अर्थमन्त्रालय पुगेका एशोसिएशनका प्रतिनिधिहरुलाई अबका दिनमा आम लगानीकर्ताको हित र समग्र पुँजी बजारको विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने मन्त्री पौडेलले बताए ।

सिंहदरबार स्थित मन्त्रीज्यूको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारले यसको सुधार विकासका लागि अग्रगामी नेतृत्वको आशा भन्दै यहाँबाटै यसको सम्बोधन हुने बताए । साथै उनले अर्थमन्त्रीको रुपमा पौडेललाई सफल कार्यकालको शुभकामना तथा बधाई दिँदै पूँजी बजार प्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्