Logo

नयाँ आर्थिक बर्षको पहिलो दिन सेयर बजारमा उच्च अंकको छलाङ, नेप्से परिसुचक २३ सय नाघ्यो

नयाँ आर्थिक बर्षको पहिलो दिन सेयर बजारमा उच्च अंकको छलाङ, नेप्से परिसुचक २३ सय नाघ्यो



काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो दिन ‘मंगबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ ।

कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ७०.१८ अंकले बढ्दै २३ सय १० को विन्दुमा उक्लेर बन्द भएको हाे । आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका २ करोड ५८ लाख ३६ हजार बढी कित्ता सेयर १ लाख १९ हजार बढीपटक किनबेच हुँदा कारोबार रकम ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

आज नेप्सेमा हरियाली छाउँदा विभिन्न ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । दिनभरको कारोबारमा म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लाग्दा २ सय ३४ कम्पनीको सेयरमुल्य बढेको देखिन्छ । आज जम्मा ८ कम्पनीको सेयरमुल्य मात्रै ओरालो लागेको नेप्सेले जानकारी दिएको छ ।

मंगलबार १४ कम्पनीको सेयर १० करोड बढीको कारोबार हुँदा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको २१ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्