Logo

चालू आवको अन्तिम दिन नेप्से घटेर बन्द, पौने ९ अर्बको कारोबार

चालू आवको अन्तिम दिन नेप्से घटेर बन्द, पौने ९ अर्बको कारोबार



काठमाडौं । चालु आर्थिक बर्षको अन्तिम दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि नै उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा १७.१८ अंकले घट्दै २२४० को विन्दुमा झरेर रोकिएको हो ।

आज नेप्से परिसुचक घटेपनि कारोबार रकम भने झण्डै पौने ९ अर्ब पुगेको छ । कारोबार अवधिभर आज ३ सय २२ कम्पनीका २ करोड ५० लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँ पुगेको हो ।

आज सिभिल बैंकको डिबेन्चर र माण्डु हाइड्रोपावरको सेयरमुल्यमा सकारात्मक सर्किट लाग्दा यी दुईसहित आज ५६ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने १ सय ८४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आज अप्पर तामाकोशी जलविद्युत आयोजनाको सेयर सबैभन्दा बढी ३७ करोड ८ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आज निफ्राको २१ करोड, जानकी फाईनान्सको १९ करोड १५ लाख र ङादी ग्रुप पावर लिमिटेडको १७ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज जलविद्युत, लगानी, उत्पादनमुलक र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्