Logo

सरकारमा नयाँ नेतृत्व आउनै लाग्दा सेयर बजारमा हरियाली, साढे ७ अर्ब बढीको कारोबार

सरकारमा नयाँ नेतृत्व आउनै लाग्दा सेयर बजारमा हरियाली, साढे ७ अर्ब बढीको कारोबार



काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओलीले नेतृत्व सम्हाल्न लाग्दा साताको पहिलो दिन ‘आईतबार’ सेयरबजारमा हरियालाी छाएको छ । आईतबार कारोबार समयको सुरुवातिमा उच्च अंकले बढेको नेप्से सम्हालिएर अन्तिममा ५२.९७ अंकले उकालो लाग्दै २२ सय ५७ को विन्दुमा उक्लेर रोकिएको हो ।

आईतबार ३ सय ९ कम्पनीका २ करोड २० लाख ४७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम साढे ७ अर्ब माथि पुगेको छ । कारोबार अवधिभर आईतबार कारोबार रकम ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार माथि पुगेको हो ।

आज सबै समुहको परिसुचकमा हरियाली छाउँदा २ सय १ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने ३६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज रिडी पावर र माण्डु हाइड्रोपावर कम्पनीको सेयरमुल्य १० प्रतिशतले बढेको छ । आज जानकी फाईनान्सको सबैभन्दा बढी २४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL