Logo

सेयरबजारमा देखियो उत्साह : नेप्से २२ सयमाथि पुग्यो, बजारमा ७ अर्ब बढीको कारोबार

सेयरबजारमा देखियो उत्साह : नेप्से २२ सयमाथि पुग्यो, बजारमा ७ अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ पनि (नेप्से) दोहोरो अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिमा उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २९.२१ अंकले बढ्दै २२ सय ४ को विन्दुमा पुगेर रोकिएको हो ।

कारोबार अवधिभर आज ३ सय ३१ कम्पनीका २ करोड २ लाख ३७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि आज ७ अर्ब नाघेको छ । नेप्सेका अनुसार आज कारोबार अवधिभर ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् ।

आज लघुवित्त र व्यापारबाहेकका सबै समुहका परिसुचक उकालो लाग्दा १ सय ५४ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज सीईडीबी हाइड्रोपावरको सबैभन्दा बढी १५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्