Logo

सेयर बजारमा एनआरएन प्रवेशको लागि कार्यविधि बनाइदै, कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन

सेयर बजारमा एनआरएन प्रवेशको लागि कार्यविधि बनाइदै, कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो वजारमा गैर आवासीय नेपाली (एनआरएन) लाई सहभागी गराउन कार्यविधी बनाउने भएको छ । उक्त कार्यविधि निर्माणको लागि बोर्डले एक समिति गठन गरेको छ ।

कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको हो । जसमा अर्थमन्त्रालय, नेपाल राष्ट्र वैंक र नेप्सेका पदाधिकारीहरु सदस्य रहने गरी एक समिति गठन गरीएको बोर्डले जानकारी दिएको छ । सो समितिले अध्ययन गरी कार्यविधि तयार गर्नेछ । उक्त समितिमा एनआरएनको प्रतिनिधि समेतको सहभागिता रहने छ ।

उक्त समितिले एनआरएनको सहभागितावाट धितोपत्रको दोस्रो वजार हुँदै अर्थतन्त्रमा पर्ने प्रभाव समेतको अध्ययनगरी दुई महिना भित्र कार्यविधि तयार गर्नेछ । यसको कार्यान्वय नपश्चात धितोपत्रको दोस्रो वजारको दायरा फराकिलो हुने र नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने बोर्डको अपेक्षा रहेको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL