Logo

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम पौने ६ अर्ब नजिक

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम पौने ६ अर्ब नजिक



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २३.२५ अंकले बढ्दै २१ सय ७५ को विन्दुमा पुगेर रोकिएको हो ।

बुधबार कारोबार अवधिभर ३ सय २२ कम्पनीका १ करोड ५२ लाख ९६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार नाघेको छ । आज विकास बैंक बाहेकका सबै समुहका परिसुचक उकालो लाग्दा १ सय ९४ कम्पनीको सेयरमूल्य बढेको छ ।

आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सबैभन्दा बढी १५ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज ४६ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा बलेफी जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्