Logo

तिनथानाका शाहलाई एसयूएचडी टिभी हस्तान्तरण, साथमा ग्यालेक्सी एस सेभेन उपहार

तिनथानाका शाहलाई एसयूएचडी टिभी हस्तान्तरण, साथमा ग्यालेक्सी एस सेभेन उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सका आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिले एसयूएचडी टिभी प्रि–बुक गर्ने पहिलो ग्राहक नैकाप तिनथाना सिभिल होम निवासी विक्रम प्रसाद साहलाइ एसयूएचडी टिभी हस्तान्तरण गरेको छ । सामसुङ प्लाजाकी निर्देशक सिमा गोल्छाले दरवारमार्गमा आयोजित एक विशेष कार्यक्रमबीच पहिलो प्रि बुक गर्ने साहलाई एसयूएचडी टिभी हस्तान्तरण गरेकी हुन् ।

साहले ५५ इन्चको एसयूएचडी टिभी असार २८ गतेदेखि भदौ ३० गते बिचको अवधिमा बुकिंग गरेको बताइएको छ । उक्त टिभीका साथमा रु. ८८ हजार ९ सय मूल्य बराबरको सामसंग ग्यालेक्सी एस सेभेन तथा सामसंग गियर भिआर उपहार स्वरुप प्राप्त गरेका छन् ।

दशैं र तिहारको अवसर पारेर कात्र्तिक ३० गतेसम्म विशेष मूल्यमा क्यास ब्याकसहित निम्न मूल्यमा उपलब्ध गराईएको छ । जसअनुसार मोडल नम्बर युए ५५ केएस ९००० को ५५ इन्चको एसयूएचडी टिभीको मूल्य रु.३ लाख ७० हजार तथा युए ६५ केएस ९००० को ६५इन्चको एसयूएचडी टिभीको मूल्य रु. ५ लाख ७० हजार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्