Logo

चाँदी स्थिर रहँदा १ सय रुपैयाँले बढ्यो सुन, ५६२०० मा कारोवार

चाँदी स्थिर रहँदा १ सय रुपैयाँले बढ्यो सुन, ५६२०० मा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य उकालो लागेको छ । बुधबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ५६ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा केहीदिन यता चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार पनि चाँदीको मूल्य स्थिर रही प्रतितोला ८ सय १० रुपैयाँ कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्