Logo

पञ्चकन्याले ल्यायो थप दुई प्रकारका एस एस ट्याङ्क, खीया प्रतिरोधात्मक क्षमता

पञ्चकन्याले ल्यायो थप दुई प्रकारका एस एस ट्याङ्क, खीया प्रतिरोधात्मक क्षमता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पञ्चकन्याले ३१६ ग्रेडको ट्याङ्क बजारमा ल्याएको छ । नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३०४ फुड ग्रेडको भर्टिकल स्टेनलेश स्टील ट्याङ्कहरु विगत ४ वर्षदेखि सफल उत्पादन गरी बिक्री–वितरण गरे पश्चात् सोही प्रविधि प्रयोग गरेर नयाँ ट्यांक ल्याएको हो ।

३१६ ग्रेडका ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् छ । त्यस्तै लक गर्न मिल्ने बिर्को भएकोले कुनै किमिमको कीरा, फोहर आदि पस्न सक्दैन । स्ट्याण्ड सहित हुनाले ट्याङ्क रहेको स्थान समेत सरसफाई गर्न सजिलो हुने बताइएको छ ।

३१६ ग्रेडका ट्याङ्कहरु फार्माच्यूटिकल ल्याब, हस्पिटल, ब्रुअरी, डिष्टिलरी, डेरी, औद्योगिक प्रतिष्ठान, फुड एण्ड बेभरेज जस्ता उद्योग तथा घरायसी प्रयोजनका लागी उपयोगी हुने देखिन्छ । हाल यी ट्यांकीहरु १ हजार, १५ सय, २ हजार, ३ हजार, ४ हजार र ५ हजार लिटर क्षमतामा उपलब्ध छन् ।
साथै पञ्चकन्याले ३०४ ग्रेडका ट्याङ्कहरु होरिजेन्टल डिजाइनमा समेत उत्पादन सुरु गरेको छ ।

यी दुवै थरी ट्यांकमा राम्रो रिसेल भ्यालु र कुनै म्यानुफ्याक्चरिङ डिफेक्ट भएमा तुरुन्त साट्न सकिने हु“दा यसलाई आम उपभोक्ताले अत्यधिक रुचाउने विश्वास ग्रुपले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्