Logo

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम पनि खुम्चियो

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सामान्य गिरावट आएको छ । पहिलो कारोबार दिन उच्च अंकले बढेर ६ अर्ब बढीको कारोबार भएको नेप्से सोमबार भने ४.६२ अंकले घट्दै २१३६ को विन्दुमा झरेर रोकिएको हो ।

कारोबार अवधिभर ३ सय २४ कम्पनीका १ करोड ४ लाख ७५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ ।

आज वित्त, लघुवित्त र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । यसरी प्राय समुहको परिसुचक ओरालो लाग्दा कारोबारमा आएकामध्ये १ सय ४१ कम्पनीको सेयरमुल्यमा गिरावट आएको छ । बाँकी ९५ कम्पनीको सेयरमूल्य भने उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी २८ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्