Logo

साताको पहिलो दिन सेयर बजारमा उत्साह, दोहोरो अंकले बढेको बजारमा ६ अर्बको कारोबार

साताको पहिलो दिन सेयर बजारमा उत्साह, दोहोरो अंकले बढेको बजारमा ६ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकको बढेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २१.२७ अंकले बढ्दै २१ सय ४० को विन्दुमा पुगेर रोकिएको हो ।

कारोबार अवधिभर ३ सय २५ कम्पनीका १ करोड ४० लाख १४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ नाघेको छ ।

आज विकास बैंक, वित्त र व्यापार बाहेकका सबै समुहको परिसुचक उकालो लाग्दा १ सय ५० कम्पनीको सेयरमूल्य बढेको छ । आज ८२ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सबैभन्दा बढी २१ करोड माथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्