Logo

रिलायवललाई १ः१ को अनुपातमा हकप्रद जारी गर्न बोर्डको दिर्नेशन, हकप्रद पछि मात्र एक्विजिशन

रिलायवललाई १ः१ को अनुपातमा हकप्रद जारी गर्न बोर्डको दिर्नेशन, हकप्रद पछि मात्र एक्विजिशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौंं । नेपाल धितोपत्र बोर्डले रिलायवल डेभलपमेन्ट बैंकलाई १ बरावर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न दिर्नेशन दिएको छ । साधारणसभाले हकप्रद जारीको निर्णय गरेपश्चात उक्त हकप्रद जारी नै नगरी ग्लोवल आईएमई बैंकसँग एक्विजिशनमा गएको भन्दै हकप्रद जारी गर्न दिर्नेशन दिएको हो ।

‘यसरीे प्राप्तीगर्ने निर्णय गर्नु अगावै उक्त संस्थाको साधारण सभावाट हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको परिप्रेक्षमा हकप्रद सेयर जारी गर्ने निर्णय मूल्य संवेदनशिल सूचना भएकोले सोकोे कार्यान्वयन नगर्दा लगानीकर्ताको हितमा प्रतिकुल असर पर्न गएको छ,’ बोर्डद्वारा विज्ञप्तीमा भनिएको छ, ‘उक्त साधारण सभाबाट सेयरधनीहरुलाई एक वरावर एक (१ः१) को अनुपातका दरले हकप्रद सेयर जारी गर्ने निर्णय कार्यान्वयन गरेर मात्र प्राप्तीगर्ने कार्य गर्न गराउन निर्देशन छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL