Logo

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार साढे ६ अर्ब नजिक

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार साढे ६ अर्ब नजिक



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १५.४६ अंकले बढ्दै २१ सय १९ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय १३ कम्पनीका २ करोड २१ लाख ६७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँ नाघेको छ ।

आज कारोबार र सुचकमा सुधार आएसँगै वित्त र उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । यसरी आज १ सय ४८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिँदा ९३ कम्पनीको सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्