Logo

नविकरण शुल्क नतिरेपछि २६ कम्पनीको सेयर कारोवार रोका, हेर्नुहोस कुन–कुन परे ?

नविकरण शुल्क नतिरेपछि २६ कम्पनीको सेयर कारोवार रोका, हेर्नुहोस कुन–कुन परे ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । वार्षिक नविकरण शुल्क नबुझाएपछि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले त्यस्ता कम्पनीको सेयर कारोवार रोका गरेको छ । हाल नेप्सेले नविकरण शुल्क नबुझाएका २६ वटा कम्पनीको सेयर कारोवार रोका गरेको हो ।

आज बाट सेयर कारोवार रोक हुने कम्पनीको संख्या ६४ पुगेको छ । यस अघि मर्जर तथा एक्विजिशन प्रक्रियामा रहेका ३८ कम्पनीको सेयर कारोवार रोका भएको थियो ।

नेप्सेले सोमबारबाट हाम्रो विकास बैक, आइएलएफसी माइक्रोफाइनान्स, जलविद्युत लगानी विकास कम्पनी, कालिका माइक्रो क्रेडिट, कर्णाली विकास बैक, किसान माइक्रोफाइनान्स, लक्ष्मी बैंक ऋणपत्र २०७६, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, महिला सहयात्रा, मञ्जुश्री फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, मल्टिप्रपोज फाइनान्स, नागवेली लघुवित्त, एनबी इन्स्योरेन्स, नेपाल फाइनान्स एण्ड सेभिङको सेयर कारोवार बन्द भएको छ ।

यसैगरी, नेपाल ग्रामिण विकास बैक, अल्पाइन डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी, भार्गभ विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, प्राइम कमर्सियल बैंक, सेती वित्तीय संस्था, टुरिजम डेभलपमेन्ट बैक, साना किसान विकास बैकको सेयर कारोवार नविकरण नगरेको भन्दै रोका गरेको हो ।

प्रतिक्रिया दिनुहोस्