Logo

मंगलबार उच्च अंकले बढेको सेयरबजार बुधबार ३ अंकमा खुम्चियो, कारोबार रकम भने ५ अर्ब माथि

मंगलबार उच्च अंकले बढेको सेयरबजार बुधबार ३ अंकमा खुम्चियो, कारोबार रकम भने ५ अर्ब माथि



काठमाडौं । सत्ता समिकरण फेरवदलको हल्लासँगै मंगलबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज ३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिमा उच्च घटेको नेप्से अन्तिममा सम्हालिँदै झिनो अंकले उकालो लाग्न पुगेको हो ।

आज परिसुचक धेरै उकालो नलागेपनि कारोबार रकम भने ५ अर्ब नाघेको नेप्सेले जानकारी दिएको छ ।
कारोबार अवधिभर बुधबार ३ सय १४ कम्पनीका १ करोड ७१ लाख ३४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँ माथि पुगेको छ ।

आज नेप्से झिनो अंकले बढेपनि १ सय १ कम्पनीको सेयरमुल्य उकालो लागेको छ । जसमध्ये ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट पनि लागेको नेप्सेले जानकारी दिएको छ । यस्तै आज १ सय ३६ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL