Logo

दशै लगत्तै १६ अंकले घट्यो नेप्से, कारोवार ६० करोडमा खुम्चिदा कुमारीको मात्र १८ करोडको किनबेच

दशै लगत्तै १६ अंकले घट्यो नेप्से, कारोवार ६० करोडमा खुम्चिदा कुमारीको मात्र १८ करोडको किनबेच


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दशैपछिको पहिलो दिन नेप्से परिसुचक १६ अंकभन्दा बढीले ओरालो लागेको छ । आइतबार बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तत १६ दशमलव १४ अंकले घट्दै १ हजार ८ सय ३ दशमलव ७४ अंकमा झरेर अडिएको छ ।

बजारमा सवै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक ८१ अंकले घटेको छ भने होटल समुह पनि ७२ अंकले घट्न गएको छ । यसैगरी बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि १५ अंकभन्दा बढीले ओरालो लागेको छ ।

आइतबार विकास बैंक समुह ९ दशमलव ६८ अंकले ओरालो लाग्दा फाइनान्स समुहको परिसुचक भने ५ अंकले घटेको छ ।
बजारमा कारोवार रकम पनि खासै बढ्न सकेन । आइतबार बजारमा बजार ६० करोड रुपैयाँको कारोवार हुँदै बन्द भएको छ । दिनभर कुल १ सय २२ कम्पनीको ७ लाख ६७ हजार कित्ता सेयर मात्र खरिदविक्री भएको छ ।

आइतबार सवैभन्दा बढी कुमारी बैंकको सेयर कारोवार भएको छ । कुमारीको १७ करोड ८० लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री हुँदा अन्य कम्पनीको भने ५ करोड रुपैयाँभन्दा माथी जान सकेन ।

प्रतिक्रिया दिनुहोस्