Logo

सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर

सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ । अध्यक्ष चयन प्रक्रिया अघि बढ्दै गर्दा सर्टलिस्टमा नाम परेर अन्तरवार्तामा उपस्थित भएका सन्तोष नारायण श्रेष्ठले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनले नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम अहिलेकै प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै रिट दायर गरेका हुन् ।

बोर्डको अध्यक्ष सिफारिस समितिले सरकारको सल्लाहमा अध्यक्ष चयन प्रक्रिया असार १४ गते रद्दको निर्णय गरेको थियो । सर्टलिष्टमा परेका ५ जनामध्ये २ जनामात्र अन्तर्वार्तामा उपस्थित भएपछि अबको प्रक्रिया के गर्दा ठिक भन्ने बिषयमा समितिले महान्याधिवक्ताको कार्यालयसँग सुझाव माग गरेको थियो । महान्यायाधिवक्ताको सुझाव पाएसँगै अध्यक्ष सिफारिस समितिले प्रक्रिया रद्द गरेको थियो ।

अध्यक्षका लागि श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा. नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईंको नाम सर्टलिष्टमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्