Logo

सोमबार दोहोरो अंकले उकालो लाग्यो नेप्से, ३ अर्बको कारोबार

सोमबार दोहोरो अंकले उकालो लाग्यो नेप्से, ३ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन आईतबार दोहोरो अंकले ओरालो लागेको नेप्से सोमबार भने उकालो लागेको हो । कारोबार समयको सुरुवातिमा उत्तारचढाव भएको नेप्से अन्तिम समयमा १६.२९ अंकले बढ्दै २०५३ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर ३२३ कम्पनीका ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९९ करोड ९६ लाख ६५ हजार रुपैयाँ नाघेको छ ।

आज वित्त र उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक उकालो लाग्दा १ सय ७६ कम्पनीको सेयरमूल्य बढेको छ भने ६० कम्पनीको सेयरमूल्यमा गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

आज नेपाल फाईनान्स कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेप्सेका अनुसार आज यी दुई कम्पनीको क्रमशः १९ करोड १३ लाख र ११ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्