Logo

३२ बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स अब नेपालमा

३२ बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स अब नेपालमा



काठमाडौं । सीजी मोटर्सले आधिकारिक बिक्रेताको रुपमा उत्कृष्ट चिनियाँ अटोमोबाईल ब्राण्ड, जीएसी मोटर्स नेपालमा भित्र्याएको छ । विश्वभर उच्च, गुणस्तर र प्रविधिका लागि चिनिने जीएसी मोटर्सले सोही अन्तर्राष्ट्रिय स्तरको गुणस्तर नेपालमा ल्याउनका निमित्त, नयाँ ‘एयोन वाई’ नेपालको बाजार उपलब्ध गरायको छ ।

३२ भन्दा बढी देशहरुमा सफलतापूर्वक विस्तार भईसकेको जीएसी मोटर्सलाई विश्वव्यापी रुपमा अटोमोबाईल उद्द्योगको अग्रगामी मानिन्छ । अनुसन्धान, विकास, प्रविधि, र ग्राहक सन्तुष्टिलाई आफ्नो मेरुदण्ड बनाई जीएसी मोटर्सले दक्षिण(पूर्व एशिया, पूर्वी युरोप, अफ्रिका र अमेरिका समेत विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय बजारहरू कब्जा गरेको छ ।

सुरक्षा र प्रविधिका अत्याधुनिक विशेषता र आकर्षक डिजाइनले सुसज्जित एयोन वाईले नेपाली ग्राहकहरुलाई अवश्यै आरामदायी र दिगो ड्राइभिङ्ग अनुभव दिने छ ।

प्रतिक्रिया दिनुहोस्