Logo

एक बर्षमै नेपालमा इन्ड्राइभ प्रयोगकर्ता दोब्बरले बढे, अब कुरियर सेवा पनि सुरु

एक बर्षमै नेपालमा इन्ड्राइभ प्रयोगकर्ता दोब्बरले बढे, अब कुरियर सेवा पनि सुरु



काठमाडौं । राइड सेयरिङ कम्पनी इन्ड्राइभका प्रयोगकर्ता नेपालमा एक बर्षमै दाेब्बरले बढेको पाईएको छ । बुधबार काठमाडौंमा इन्ड्राईभले आयोजना गरेको एक कार्यक्रममा इन्ड्राइभ एपीएसीका मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले यस्तो बताएकी हुन् । याे आँकडाले नेपालमा इन्ड्राईभ द्रुत गतिमा अघि बढिरहेको देखाउने उनको भनाई थियो ।

इन्ड्राइभ नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताउँदै उनले यसका सेवाहरूलाई अझ राम्रो बनाउन र नेपालमा जनताको आवश्यकता अनुसार थप सुविधाहरू ल्याउन प्रतिबद्ध रहेको बताईन् । उनले सन २०२३ मा अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतको वृद्धि र सन २०२४ को पहिलो छ महिनामा, इन्ड्राइभले सवारीहरूमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको बताईन् ।

नतालियाले थपिन, ‘हामी नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुवात भएको घोषणा गर्न पाउँदा उत्साहित छौं। सेवाले बुकिङको दिनमा २० किलो वा सोभन्दा कम तौलका पार्सलहरूको अन्तिम माइल डेलिभरीमा मद्दत गर्नेछ । इन्ड्राइभ डेलिभरी मार्फत, हामी नेपालका साना व्यवसाय र व्यक्तिहरूले सामना गर्ने लजिस्टिक चुनौतीहरूको सामनालाई समाधान गर्ने आशा राख्दछौं।’
नयाँ सुरक्षा सुविधाहरूमा लगनशीलताका साथ काम गर्दा इन्ड्राइभले यात्रु र चालक दुवै सीटहरूबाट सुरक्षालाई प्राथमिकता दिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL