Logo

८ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

८ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा उत्तारचढावसहित ८.२४ अंकले ओरालो लाग्दै २०५१ को विन्दुमा सीमित भएको हो ।

बिहीबार कुल ३ सय ३३ कम्पनीका ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ७१ करोड ६९ लाख ३ हजार ८ सय २४ रुपैयाँ पुगेको हो । यसअघि बुधबार नेपाली बजारमा कारोबार रकम ४ अर्ब नाघेको थियो ।

आज कारोबारमा आएकामध्ये बैंकिङ, म्युचुअल फण्ड र अतिरिक्तबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण आज ४७ कम्पनीको सेयरमुल्य मात्रै उकालो लाग्दा १ सय ८८ कम्पनीको सेयरमुल्यमा गिरावट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्