Logo

चिनीयाँ ब्रान्ड जीएसी मोटर्स नेपालमा, सीजीले भित्र्यायो एओन वाइ एसयुभी

चिनीयाँ ब्रान्ड जीएसी मोटर्स नेपालमा, सीजीले भित्र्यायो एओन वाइ एसयुभी



काठमाडौँ । जीएसी माेटर्स नेपाली बजारमा प्रवेश गरेको छ । नेपालमा चौधरी समुहको सीजी मोटर्सले उक्त्त कम्पनीका गाडीहरु भित्र्याएर नेपालमा विक्री सुरु गरेको हो । उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ ‘एओन वाइ एसयुभी’को नेपाली बजारमा भव्य लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको हो ।

जीएसी मोटर्स, चीनको ऑटोमोबाइल ब्राण्ड गुणस्तर रैंकिङमा नम्बर १ मानिएको, अनुसन्धान र विकास, र प्रविधिमा संसारभर प्रसिद्ध रहेको बताइएको छ। ब्राण्डले यूएईमा ‘उत्तम चिनियाँ ऑटोमोबाइल ब्राण्ड’ र नाइजेरियामा ‘ऑटोमोबाइल इन्टरप्राइज ऑफ़ द एअर’ जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको छ।

अब, जीएसी मोटर्सले एओन वाइमार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गरेको छ र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर नेपाली ग्राहकहरूको मन जित्ने विश्वास राख्दछ। जीएसी मोटर्सले नेपाली बजारमा नयाँ मापदण्डहरू स्थापित गरी ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुराउने छ। अत्याधुनिक प्रविधि र विशेषताहरूले भरिपूर्ण, एओन वाइ एसयुभीले नेपाली बजारमा नयाँ युगको शुरुवात गर्नेछ।

प्रतिक्रिया दिनुहोस्