Logo

नेपालमा सेरेस थ्रिको नयाँ मोडल सार्वजनिक, सुरुवाती बजारमूल्य ५० लाख

नेपालमा सेरेस थ्रिको नयाँ मोडल सार्वजनिक, सुरुवाती बजारमूल्य ५० लाख



काठमाडौं । एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस–थ्रीको नयाँ मोडल नेपालमा विक्री सुरु गरेको छ । कम्पनीले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दुई भेरियन्टमा नयाँ सेरेस थ्री नेपालमा सार्वजनीक गरी विक्री सुरु गरेको हो ।

कम्पनीले नेपालमा सेरेस थ्रीको नयाँ अपग्रेडेड मोडल कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा सार्वजनिक गरेको छ ।
कम्पनीले यी दुईमध्ये कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकेको छ ।

गत भदौ अन्तिममा भएको नाडा अटो शो २०२३ मा पहिलो पटक सार्वजनिक भएको सेरेस ईभीको पहिलो अपग्रेड भएर आएको हो । नयाँ सेरेस(थ्रीको अगाडिको फेसियामा ब्यापक परिमार्जन भएको देख्न सकिन्छ । साथै एलइडी डिआरएल र सेरेसकै ब्याच प्रयोग भएर आएको छ ।

सेरेस थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५२.७ किलोवाट आवर क्षमताको राखिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL