Logo

एनसेल च्यानल लोयल्टि योजना श्रेष्ठलाई मोटरसाईकल,रिटेलरले दिएको सेवा सुविधाको प्रोत्साहन

एनसेल च्यानल लोयल्टि योजना श्रेष्ठलाई मोटरसाईकल,रिटेलरले दिएको सेवा सुविधाको प्रोत्साहन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रालिका संचालक प्रेम कृष्ण श्रेष्ठलाई मोटरसाईकल उपहार प्रदान गरेको छ । एमपि मेड प्रालि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्य एक हो ।

श्रेष्ठलाई एनसेलको बागमति सेल्स टिमले एक कार्यक्रममाझ सो बाइक उपहार प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपि मेडप्रा.लि सबभन्दा धेरै बिक्रीगर्ने रिटेलरहरु मध्ये एक हो ।

यस अधि यो योजना अन्र्तगत मित्रनगर, नयाँबसपार्कमा (काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटर साईकल र दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठले स्कुटर उपहार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्